काठमाडौं, १२ असार । फिफा क्लब विश्वकपमा प्रि–क्वारटरफाइनल खेल्ने १६ ओटा स्थानमा १४ ओटा स्थान टुंगो लागेका छन् ।
विहिवार बिहान भएको खेलमा मेक्सिकन क्लब मोन्टेरेले जापानको उरावा रेड डाइमन्ड्सविरुद्ध ४–० को सानदार जित दर्ता गरेको छ । पहिलो जितसँगै खेलमा पाँच अंक जोडेको मोन्टेरे समूह ‘इ’ को उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको रहेको छ ।
तीन खेलमा पराजित उरावा अंकविहिन बन्यो । यो समूहबाट इन्टर मिलान सात अंकका साथ विजेता बनेर अगाडि बढ्यो। रिभर प्लेट चार अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । अमेरिकाको रोयज बोउलमा मोन्टेरेलाई जित दिलाउन जर्मन बर्टेरमले दुई तथा नेल्सन देओसा र जेसस म्यानुयल कोरोनाले समान एक गोल गरे ।
यही समूहको अर्को खेलमा इन्टर मिलानले रिभर प्लेटविरुद्ध २–० को जित दर्ता ग¥यो । अन्तिम १६ मा मोन्टेरेले जर्मन क्लब बोरुसिया डर्टमन्डमको सामना गर्नेछ । इन्टरले ब्राजिलियन क्लब फ्लुमिनेन्सँग खेल्नेछन् ।
योसँगै क्लब विश्वकप खेल्न १४ स्थानको टुंगो लागेको रहेको छ । समूह ए को इन्टर मियामीले समूह बीको विजेता पीएसजीसँग खेल्दा समूह एको विजेता पाल्मरसले समूह बीको उपविजेता बोताफोगोसँग खेल्नेछ ।
यसैगरी समूह सीको विजर्ता बफिन्काले चेल्सी प्रतिद्वन्द्वी पाएको छ भने समूह डीको विजेता फ्लामेङ्गोले बायर्नसँग खेल्नेछ । समूह एफबाट युभेन्टस र म्यानचेस्टर सिटी एक अगावै अन्तिम १६ स्थान बनाइसकेको छन् ।
समान २ खेल जितेका यी दुई टोलीबीच आज हुने खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछन् । यसैगरी समूह जीका अन्तिम खेल भोलि बिहान हुनेछन् ।
नेपाली समय अनुसार भोलि बिहान पौने ७ बजे हुने खेलमा अलहिलालले पचुकासँग खेल्दा रियाल मड्रिडले साल्जबर्गसँग सोही समयमा खेल्नेछन् । यो समूहमा रियाल र साल्जबर्गको २ खेलबाट समान चार–चार अंक रहेको छ भने अल हिलालको २ अंक रहेको छ ।














