रौतहट, ११ असार । रौतहटमा ट्वाइलेटको सेप्टिक ट्यांकीमा खसेर दुई–दुई वर्षका दुई बालबालिकाको मृत्यु भएको छ ।
चन्द्रपुर नगरपालिका– १० निबुवाटोल निवासी गरिमा साहका छोरा दुई वर्षीय रञ्जे साह र जगदीश साहकी छोरी दुई वर्षीया खुश्बु साहको सेप्टिक ट्यांकीमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपककुमार रायले जानकारी दिए ।
मंगलबार साँझ उनीहरू खेल्ने क्रममा छिमेकी हृदय पासवानको शौचालयको सेप्टिक ट्यांकीमा खसेका हुन् । ‘ट्वाईलेटको सेप्टिक ट्याङकीमाथि प्लाइले मात्रै ढाकेको रहेछ,’ डीएसपी रायले भने, ‘खेल्ने क्रममा दुबै बालबालिका सेप्टिक ट्याङकीमा खसेर डुबेछन् ।
उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो । सेप्टिक ट्यांकीबाट निकालेर उनीहरूलाई उपचारका लागि चन्द्रनिगाहपुरस्थित सरकारी अस्पताल लगिएको थियो ।
उपचारको क्रममा गएराति नै उनीहरुको मृत्यु भएको रायले बताए ।















