काठमान्डौँ, ६ असार । रास्वपाका सांसदहरू आज पनि नीलो रिबन र कालो ड्रेस लगाएर संसद् भवन पुगेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको अडान कायमै राख्दै आफूहरूले आज पनि कालो पोशाक र नीलो रिबन लगाएर आएको प्रवक्ता मनिष झाले बताएका छन ।
अस्ति पनि नीलो रिबन लगाएर रास्वपा सांसदहरू सदन पुग्दा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आपत्ति जनाउँदै बैठकबाट निष्कासन गर्नसमेत माग गरेका थिए ।
आज प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम छ । सभामुखले आज सदन अवरोध नगर्न गरेको आग्रह रास्वपाले अस्वीकार गरिसकेको छ ।














