काठमाडौं, २१ जेष्ठ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाबीच छलफल भएका छन ।
तर विद्यालय शिक्षा विधेयकमाथिको छलफल किन रोकिएको छ । बुधबार शिक्षा मन्त्रालयमा मन्त्री पन्त र सभापति थापाबीच विधेयकका विषयमा छलफल भएको बताए । ‘मन्त्रीज्यूले अध्ययन गरिरहेको छु । शिक्षक महासंघसँग छलफल टुंगिएको छैन ।
आन्तरिक छलफल भइरहेको छ भन्नुभयो । वार्ता टुंगिएपछि समिति बैठक राख्न जानकारी गराउनु भन्नुभयो, सभापति थापाले भनुभयो । शिक्षा समिति बैठक कहिले बोलाउने भन्नेबारे मिति तय नभएको सभापति थापाले जनाएको हो । ‘यति समयमा राख्ने भनेर मिति तय भएन, सभापति थापाले जनाए ।
तर, शिक्षक महासंघले भने वार्ता टुंगिएको जनाएको छ । मन्त्रालयमा तीन दिनअघि नै छलफल टुंगिएको छ । सरोकार पक्षसँग बसेर टुंगिएको हो । संसद्ले छिटो काम सकेर जानुपर्छ भनिरहेका छन् ,’ शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भनेको हो ।
मन्त्रालयका अधिकारीहरूका अनुसार निजी विद्यालय र ईसीडीको विषयमा थप छलफल गर्नु पर्ने भएकाले लम्बिएको हो । शिक्षा समितिको उपसमितिले पनि निजी विद्यालयको व्यवस्थापन र ईसीडीको विषय टुंगो लगाउन सकेको थिएन । नमिलेका विषय समितिबाट टुंगो लगाउन समिति बैठक बस्नुअघि सरोकारवालासँग छलफल गर्न मन्त्री पन्तले समय मागेका हो ।
सोही अनुसार गत १९ जेष्ठका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको थियो । त्यसअघि मन्त्री पन्तले ११ जेष्ठमा पनि समितिसँग ७ दिनको समय मागेका थिए । शिक्षामन्त्रीले समय मागेपछि समितिको बैठक बारम्बार स्थगित भइरहेको छ ।
आन्दोलनको क्रममा सरकारले शिक्षकहरूसँग १५ असारभित्र ऐन जारी गर्ने सहमति गरेको छ तर समिति बैठक बस्न नसक्दा सहमति अनुसार १५ असारभित्र ऐन जारी गर्न कठिन हुने तर्क शिक्षा समितिको छ ।














