काठमाडौं, २० जेठ । नेपालकी कराँते खेलाडी एरिका गुरुङले कराँते वान प्रिमियर लिगमा कांस्य पदक जितेर काठमाडौं आइपुगेकी छन् ।
एरिकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलममा भव्य स्वागत गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् राखेको सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामा, कोषाध्यक्ष कपशोर भट्टराईलगायत नेसनल कराँते टिमका सबै खेलाडीहरुले एरिकालाई स्वागत गरेर बधाई दिएकोे छ ।
मोरक्कोको रावतमा भएको प्रिमियर लिगमा एरिकाले फ्रेन्च खेलाडीलाई हराएर कांस्य जितेकी थिइन् ।














