काठमाडौं, १८ जेठ । बाँकेमा केन्द्रीय कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ गरेरका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)का एसएसपी होबिन्द्र बोगटीले उनलाई नेपाल–भारत सिमानाको बेलहीया नाकाबाट शनिबाको पक्राउ गरेको जनाएको छ ।
सीआईबीले नेपाल–भारत सिमानाबाट पक्राउ गरेको भने भारतीय भूमिबाट पक्राउ गरेको खुलासा भएको छ । सीआईबीका अनुसार उनलाई म्याद थपका लागि बाँके लगिँदै छ । बाँके घर भएका राय २०७६ देखि २०७९सम्म बैंकको सीईओका रुपमा कार्यरत थियो ।
यो बैंक २०६० सालमा खुलेको थियो । रायमाथि ४ अर्ब ९० करोड रुपैयाँ अपचलन गरेको आरोप छ । बैंकमा भएको अपचलनको अनुसन्धान प्रक्रिया अघि बढेपछि उनले फरार भएको थियो ।
रकम अपचलनमा बैंकका पूर्वसीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी र निरजविक्रम शाह समेत संलग्न रहेको बैंकको आन्तरिक छानबिनबाट खुलेको बताएको छ ।
हाल कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा छ ।














