काठमाडौं, ६ जेष्ठ । एक सुत्केरी महिलाले छट्पटिएकी प्रहरीले उद्धार गरेका छन् ।
कैलालीको गोदावरी नगरपालिका–१ चैतन्यपुरमा एक सुत्केरीले छट्पटिएकी महिलालाई प्रहरीले उद्धार गरेको हो । प्रहरी जवान चन्द्रिका देउवाको सहयोगमा महिलाले सडक छेउमा एक व्यक्तिको आँगनमै बच्चा जन्माएकी हुन् ।
प्रहरी जवान देउवा खैराना प्रहरी चौकीमा कार्यरत छिन् । एक महिलाले अस्वभाविक व्यवहार देखाएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थियो । त्यसपछि देउवा घटनास्थल चैतन्यपुर पुगेकी थिइन् ।
प्रहरी जवान देउवाले स्थानीय नजिक गएर सोधखोज नगरेका ती महिला भने सुत्केरी व्यथाले छट्पटाएकी रहिछिन् । कोही नजिक जान पनि नमान्ने, छुन पनि नमान्ने रहेछन् । उनी घटनास्थल पुगेर ती महिलालाई उद्धार गरेर अस्पताल लैजाने तयारीमा थिइन् ।
तर व्यथाले च्यापेकी ती महिलाले सडक छेउमा एक व्यक्तिको आँगनमै शिशुलाई जन्म दिएकी छिन् । यो आज मंगलवारको घटना रहेको उनले जनाएको हो ।
उनका अनुसार ती महिला बेवारिसे अवस्थामा बस्ने रहिछन् । मानसिक रुपमा पनि उहाँ स्वस्थ नरहेको भन्ने बुझिएको छ । अन्दाजी ३०÷३५ वर्षकी ती महिला विवाहित हुन् वा होइनन् पनि यकिन हुन सकेको छैन ।














