काठमाडौं, २४ वैशाख । संयुक्त राष्ट्रसंघल ेभारत र पाकिस्तानलाई संयम रहन अपिल गराएका छन् ।
भारत सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा मिसाइल हमला गरेको जानकारी सार्वजनिक भएपछि संयुक्त राष्ट्रसंघले औपचारिक प्रतिक्रिया जनाएको छ ।
संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले गुटेरेस ‘नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सिमानाका पारिपट्टिका भारतीय सैन्य कारबाहीहरूप्रति गहिरो चिन्तित रहेको छ ।
भारत र पाकिस्तानमाथि आफ्नो सैन्य शक्ति राख्न आग्रह गरेका छन् । दुजारिकले भने, ‘भारत र पाकिस्तानबीच कुनै पनि प्रकारको सैन्य भिडन्त संसारका लागि असह्य हुनेछ ।
५ मेमा एन्टोनियो गुटेरेसले सामाजिक सञ्जाल एक्समार्फत एक पोस्ट गर्दै भारत र पाकिस्तानबीचको तनाव पछिल्ला केही वर्षमा सबैभन्दा गहिरो रहेको उल्लेख गरेका थिए ।
उनले २२ अप्रिलमा भारतको पहलगाममा भएको आतंकवादी हमलाको कडा निन्दा पनि गरेका थियो । भारत र पाकिस्तान दुवै परमाणु हतियार सम्पन्न देश रहेको हो ।














