काठमाडौं, २२ वैशाख । पोखराको फेवा तालबाट केही व्यक्तिहरूलाई अलपत्रमा परेको उद्धार गरेका छन् ।
पोखराको फेवा तालमा डुंगा चलाएर कायकिङ (एक्लै बसेर तालमा डुंगाबाट गरिने यात्रा) गरिरहेका व्यक्तिहरू अलपत्र परेका छन् ।
केहीबेरअघि तालको बीचमा पुगेर केही व्यक्तिहरू अलपत्र परेका हुन् । उनीहरूको अहिले उद्धारको काम भइरहेको छ ।
अकस्मात् मौसम बिग्रिएपछि केही व्यक्ति तालको बीचमा अलपत्र परेको सशस्त्र प्रहरी बल कालिका गणका प्रमुख एसपी सूर्य तिमल्सिनाले जानकारी दियो ।
उनका अनुसार कति व्यक्ति अलपत्र परेका छन् भन्ने थाहा भइसकेको छैन ।










