काठमाडौं, ९ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नरोक्ने भएका छन् ।
मंगलबार बिहान बसेको बोर्डको बैठकमा परीक्षा नरोक्ने निर्णय गरेको हो ।
बोर्डले सबै जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको बैठकमा सहभागी सदस्यले जनाएको छ ।
परीक्षा यही वैशाख ११ गते बिहीबारदेखि सञ्चालन हुँने छ ।
शिक्षकहरूको २१ दिनदेखिको आन्दोलन र शिक्षामन्त्रीको राजीनामासँग कक्षा १२ को परीक्षा सर्ने आशंका गरिएको थियो ।














