काठमाडौँ, ४ चैत । राजधानीमा बिहीबार सहकारी तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियानले प्रदर्शन गरेको छ ।
सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज उत्पीडन विरुद्ध अनिश्चितकालीन काठमाडौँ केन्द्रित आन्दोलन अन्तर्गत बिहीबार सहभागीले अर्धनग्न भएर थाल ठटाउँदै प्रदर्शन गरेका हुन् ।
सहकारी तथा वित्तीय संस्थाबाट भोग्नुपरेको पीडा सहन सक्ने अवस्था नरहेका कारण अर्धनग्न तथा थाल ठटाएर प्रदर्शन गरिएको उनीहरूले बताए ।














