काठमाडौं, १५ चैत । काठमाडौंको आलोकनगरमा रहेको माधव नेपालको एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा आगलगी भएका छन् ।
राजावादी समर्थक प्रदर्शनकारीहरूले समाजवादी पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै आगलगी गरेको हो ।
यसअघि राजावादी समर्थक प्रदर्शनकारीहरूले तीनकुनेका एक घरमा आगजनी गरेका थियो । यसैगरी प्रदर्शनकारीले पेरिसडाँडा नजिक एक सरकारी गाडीमा समेत तोडफोड गर्नुका साथै आगलगी गरेका थियो ।
पेरिसडाँडडा क्षेत्र अहिले पनि तनावग्रस्त छ । प्रदर्शनकारीहरू पेरिसडाँडामा रहेको नेकपा माओवादी केन्द्रको कार्यालयमा प्रवेशको प्रयासमा रहेको छ ।














