महोत्तरी, ४ चैत । गाडी चढेर आएका लुटेराहरुको एक समूहले महोत्तरीमा सुनचाँदी पसल लुटेपछि व्यापारी आन्दोलित भएका छन ।
जिल्लाको बलवा नगरपालिका ३ पडौल बजारस्थित शिवशान्ति ज्वेलर्स पसल लुटेराले लुटेका छन । लुटेराले २० तोला सुन, १ लाख ५० हजार नगद, लकर र क्यामराको हार्डडिस्क समेत लगेको पसल संचालक अरुण कुमार साहले बताए ।
शनिवार राति पसल लुट्न जीप चढेर ५ जना लुटेरा आएका स्थानीयहरुले बताउछन । लुटेराले पसलको ताला फोडेर लुटपाट गरे । लुटेराहरु बर्दिबासतर्फ भागेको अन्य पसलको सिसिटिभी क्यामेरामा कैद भएको छ ।
प्रहरी प्रशासनले सुरक्षा दिन नसकेको भन्दै स्थानीय व्यापारीहरु सडकमा टायर बालेर बजार बन्द गरेका छन् ।














