KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आज सूर्यदेवको विशेष पूजा गरिँदै

आज सूर्यदेवको विशेष पूजा गरिँदै

जनकपुर, ७ पौस । आज पुस महिनाको पहिलो आइतबार । भगवान् सूर्यदेवको विशेष पूजा आराधना गरिँदै छ ।

वैदिक सनातन हिन्दू धर्म परम्पराअनुसार पुसलाई सूर्य देवताको महिना मानिन्छ । यो दिनलाई पौषकृष्णपक्ष सप्तमी तिथि अर्थात् रविसप्तमी पनि भनिन्छ ।

यस महिनामा सूर्यको दर्शन एवं पूजन गरेर मात्र खाने र प्रत्येक रविवार पवित्र भई व्रत बसी मध्याह्नमा सूर्यदेवको विशेष पूजा गरी करवीरको पातमा जल, पञ्चामृत राखी सूर्यलाई अर्घ्य दिइन्छ ।

सूर्य भगवान्लाई मन पर्ने प्रसादको रूपमा घिउ खट्टे, चिनी आदि चढाइन्छ । पुस महिनाका सूर्यको नाम विष्णु हो । विष्णुले सबैसँग कुरा गर्दा एक पक्षलाई एक दिन मान्नुपर्ने एक पक्षको पक्षधरता छ ।

यस दिन बर्तालुले घरमा ब्राह्मण बोलाएर पूजा आराधनासहित अन्न दान निदुपर्ने व्यवस्था रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाड्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराई बताउँछन् ।

नौ ग्रहमध्ये सूर्य माझमा निवास गर्ने भएकाले उनलाई अधिपतिप्रमुख मालिक मानिन्छ । भगवान् सूर्यले आफ्नो ताप र प्रकाशले अन्धकारलाई स्वतस्फूर्त नाश गरी तीनैलोक स्वर्ग, मत्र्य, पाताल तताएर प्रकाशित गर्नुहुन्छ ।

ज्योतिर्मय रथले सबै ठाउँमा घुम्छन् । बस्ने ठाउँ छत्तीस लाख योजन लामो र नौ लाख योजन चौडाइ छ । यसको जुवा छत्तीस लाख योजन लामो छ ।

कालरूपधारी भगवान् सूर्य लोकको व्यवहार ठिक– ठिक चलाउनका लागि चैत्रादि बाह्र महिनामा क्रमशः १२ वटा नाम धाता, अर्यमा, मित्र, वरुण, इन्द्र, विवस्वान्, त्वष्टा, विष्णु, अंशु, भग, पूषा, पर्जन्य नामले प्रवेशगर्दा ऋषिहरुले सूर्यसम्बन्धी ऋग्वेद, यजुर्वेद र सामवेदको मन्त्रद्वारा उनको स्तुति गर्छन् ।

त्यहीबेला गन्धर्व उहाँको सुयशको गान गर्दैगर्दा अगाडि– अगाडि अप्सरा नृत्य गर्दै हिँड्नछन् । उनको पूजा षोडोशोपचारले आँक, कुश, शमी ,करवीर, रातो कमलको फूलले गर्दछ भने उसलाई धर्म, अर्थ, काम र मोक्ष मिल्ने गर्दछ ।

यो पृथ्वीमा जो पतित र जुठोखाने मानिस समेत सूर्यको किरणको स्पर्शले पवित्र हुन्छ । सूर्यको तेज सहन नसकी पलायन भएकी आफ्नी पत्नी रूपालाई प्राप्त गर्न सूर्यदेव उनको तपस्या स्थल उत्तर कुरु देश गए ।

त्यहीं सप्तमी तिथिमा दुवैको मिलन भएको हुँदा पनि सप्तमी सूर्यको प्रिय तिथि हो । जो व्यक्ति पञ्चमी तिथिमा एक छाक शुद्ध भोजन गरी षष्ठीको दिनमा उपवास गर्दछ र सप्तमीको दिनमा उपवास गरी विविध शाक पदार्थ भगवान् सूर्यलाई अर्पण गरेर ब्राह्मणलाई दान गर्दछ र रात्रिमा मौन रही भोजन गर्दछ उसलाई असीम पुण्य प्राप्त हुन्छ ।

आइतबार आज तामा, सखर, रातो चन्दन, सूर्य महिमाको पुस्तक दान गर्न आवश्यक हुन्छ । आजको दिन ब्रह्म मुहूर्तमा नुहाएर सूर्योदयको समयमा भगवान् सूर्यलाई जलले मन्त्रसहित अर्घ दिँदा पुण्य कमाइन्छ ।

आइतबारको दिनमा सूर्यको अघ्र्य दिन निम्न मन्त्रलाई उच्चारण गरिन्छ ।

Facebook Comment


Related Posts

प्रतिनिधिसभा नियमावलीको मस्यौदा आज सभामुखसमक्ष पेश हुँदै

प्रतिनिधिसभा नियमावलीको मस्यौदा आज सभामुखसमक्ष पेश हुँदै

सिरहा कारागारबाट २३ कैदी नियन्त्रणमा

सिरहा कारागारबाट २३ कैदी नियन्त्रणमा

प्रहरी संगठन बदनाम गराएको आरोपमा सागर जबरामाथि कारबाही

प्रहरी संगठन बदनाम गराएको आरोपमा सागर जबरामाथि कारबाही

विवाहमा झगडा हुँदा युवकको हत्या

विवाहमा झगडा हुँदा युवकको हत्या

विश्वविद्यालयमा राजनीति अन्त्य गर्न सरकारको निर्णायक कदम

विश्वविद्यालयमा राजनीति अन्त्य गर्न सरकारको निर्णायक कदम

आगामी बजेटका लागि सरकारको आन्तरिक छलफल सम्पन्न

आगामी बजेटका लागि सरकारको आन्तरिक छलफल सम्पन्न

ताजा समाचार

प्रतिनिधिसभा नियमावलीको मस्यौदा आज सभामुखसमक्ष पेश हुँदै

प्रतिनिधिसभा नियमावलीको मस्यौदा आज सभामुखसमक्ष पेश हुँदै

सिरहा कारागारबाट २३ कैदी नियन्त्रणमा

सिरहा कारागारबाट २३ कैदी नियन्त्रणमा

प्रहरी संगठन बदनाम गराएको आरोपमा सागर जबरामाथि कारबाही

प्रहरी संगठन बदनाम गराएको आरोपमा सागर जबरामाथि कारबाही

विवाहमा झगडा हुँदा युवकको हत्या

विवाहमा झगडा हुँदा युवकको हत्या

विश्वविद्यालयमा राजनीति अन्त्य गर्न सरकारको निर्णायक कदम

विश्वविद्यालयमा राजनीति अन्त्य गर्न सरकारको निर्णायक कदम

आगामी बजेटका लागि सरकारको आन्तरिक छलफल सम्पन्न

आगामी बजेटका लागि सरकारको आन्तरिक छलफल सम्पन्न


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar