एजेन्शी, १२ मंसिर । रुसले पहिलो पटक युक्रेनले गरेको अमेरिकी क्षेप्यास्त्र आक्रमणबाट आफ्नो वायु रक्षा प्रणाली बेसमा क्षति पुगेको स्वीकार गरेको छ । यसका साथै कुर्स्क क्षेत्रमा रहेको सैन्य आधारमा पनि क्षति पुगेको छ ।
अमेरिकाको प्याट्रियट डिफेन्स सिस्टम जस्तै क्षमता भएको एस–४०० वायु रक्षा प्रणालीलाई लक्षित गरिएको छ । हालै अमेरिकाले युक्रेनलाई रुसविरुद्ध लामो दूरीको मिसाइल प्रयोग गर्न अनुमति दिएको थियो ।
यसपछि रुसको रक्षा मन्त्रालयबाट विज्ञप्ति आयो, जसमा उसले प्रतिकारात्मक कारबाही गर्ने चेतावनी दिएको छ ।














