काठमाडौं, ५ साउन । उत्तरी चीनमा रहेको एउटा राजमार्गको पुल नदीमा खस्दा ११ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ३० जनाभन्दा बढी बेपत्ता भएको भएको छ ।
प्रान्तीय जनसम्पर्क विभागलाई उद्धृत गर्दै आधिकारिक समाचार एजेन्सी सिन्ह्वाका अनुसार शुक्रबार राति करिब ८ः४० बजेको भीषण वर्षाले निम्त्याएको आकस्मिक बाढीका कारण पुल भत्किएको बताएको हो भने राजमार्गको पुल तल नदीमा खसेपछि लगभग बीसवटा सवारी साधन र तीस जनाभन्दा बढी व्यक्ति बेपत्ता भएको समाचारमा उल्लेख छ ।














