काठमाडौं, १७ असार । सत्ता समीकरणको पेचिलो राजनीतिक स्थितिले राजनीतिमा तरंग आइरहेका बेला नेपाली कांग्रेसको पदाधिकारी, पूर्वपदाधिकारी र सिनियर नेताको बैठक अहिले बसिरहेको छ ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक जारी रहेको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ’डिना’ले जानकारी दिइएका छन ।
गत शनिबार सभापति देउवाले एमाले अध्यक्ष केपी ओलीसँग उनकै निवास बालकोटमा तीन घण्टा छलफल गरेका थिए ।
आन्तरिक विषयको छलफल भए पनि पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि ब्रिफिङ र छलफल हुने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।












