मोरङ, १७ असार । मोरङको विराटनगरमा होटल (खाजाघर) सञ्चालन गर्दै आएकी एक महिलाको कुटपिटबाट पुरुषको मृत्यु भएको छ ।
ती महिलालाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ग्राहकको हत्या आरोपमा विराटनगर– १९ बैजनाथपुरमा होटल सञ्चालन गर्दै आएकी ३५ वर्षीया तालीदेवी ऋषिदेवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभएको छ ।
कुटपिटबाट मृत्यु हुनेमा स्थानीय ५० वर्षीय वीरबल गोसाईं रहेका छन् । बस्नेतका अनुसार शनिबार दिउँसो गोसाइँ होटलमा जाँदा उनीमाथि कुटपिट भएको थियो ।














