सर्लाही, १३ असार । खेतीपातीको मुख्य सिजनमै सर्लाहीमा रासायनिक मलको कृत्रिम अभाव सिर्जना भएको हो ।
केही सहकारी डिलरहरुले नै रासायनिक मलको कृत्रिम अभाव सिर्जना गरेको भन्दै स्थानीय प्रशासनले त्यस्ता डिलरहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन ।
सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रसाद घिमिरेले सूचना जारी गर्दै रासायनिक मलको कृत्रिम अभाव सिर्जना गर्ने र सरकारी अनुदानको मल बढी मूल्यमा बिक्री गरेको पाइएमा प्रहरीलाई जानकारी गराउन अनुरोध गरेका छन् ।














