जनकपुर, १२ असार । दलित महिला संघको आयोजनामा दलित महिला सशक्तिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जनकपुरको जिल्ला समन्वय समितिको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । दलित महिलाहरुलाई थप सशक्त बनाई हरेक क्षेत्रमा अगाडी बढाउनु आजको आवश्यकता रहेकोले भविष्यमा दलित महिला शसक्तिकरणमा थप टेवा पुर्याउने अपेक्षा राखेको दलित महिला संघकी अध्यक्ष किरण दासले बताईन ।
उक्त कार्यक्रममा जनकपुरधाम उपमहानगर पालिका वडा नम्बर ३ का वाडाध्यक्ष दिपेन्द्र सिंह, पुर्ब कार्यपालिका सदस्य सुनिता राउत(मेस्तर) महिला संघका सरस्वती मण्डल,सुनिता दास लगायत वडा नम्बर ३ का सम्पुर्ण दलित महिलाहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रम जनकपुरधाम उपमहानगर पालिका वडा नम्बर ३ को सहयोगमा असार ९ गते देखि १० गते सम्म चलेको थियो । 














