वीरेन्द्र कुमार पासवान
धनुषा, जिल्ला सर्लाही ईश्वरपुर नागरपालिका नरेश खोर वडा नम्बर ५ निवासी सुरेन्द्रकुमार महतो विगत १० वर्षदेखि डोरैटर तस्मिम कम्पनीमा कार्यरत साउदी अरवयामा रहेको थियो ।
केही दिन पहिले महतोको गाडी दुर्घटना भयो गाडी नम्बर १९४२ दुर्घटना हुनुभन्दा पहिला उहा लाई थाहा थिएन कि यहाँको गाडीको बीमा छैन भनेर किनभने उहाँको गाडीको बीमा अवधि सकिसकेको थियो । र उहाँको कम्पनीले उनलाई जानकारी दिएका थिएन ।
विमा अवधि सकिसकेछ भनेर पछि उहाँको गाडी दुर्घटना हुँदा सुरेन्द्र महतो लाई थाहा भयो । गाडीको बिमा छैन भनेर थाहा हुँदा कम्पनीलाई उनदे भने कि तिम्रो गाडीको बिमा छैन भने त्यो त कम्पनीको समस्या हो र तिम्रो समस्या हो ।
म त ड्राइभर हो । मसँग लाइसेन्स छ सबै थोक छ । उहाँको कम्पनीले भन्नुभयो उहाँको साहुले तिमी चिन्ता नगर के हुन्छ के कस्तो गर्नुपर्छ म गरिहाल्छु ।
र केही दिनपछि सुरेन्द्र महतो लाई थुनुवामा लगेर राखेका छन । केही कागजात ल्याएर यहाँको हस्ताक्षर लिनुभयो र यहाँको जुन केस थियो दुर्घटनाको साउदीको रियाल ४७००० जरिवाना सुरेन्द्र महतोको माथि हाल्दिएको छ ।
र उहाँको कम्पनीले अब तिर्न मानिरहेको छैन । र यो ४७००० हजार रुपैया रियाल सुरेन्द्रले बेहोर्नुपर्छ । साउदी अरबको सरकारले फैसला पनि सुनाइदियो कि सुन्दर महतो पैसा बेगर्नुपर्छ त्यस पछि नेपाल देश फर्कीन सकिन्छ भनेर पैसा नतिरिकन जान पाउँदैन भनेर त्यसको लागि अदालतको फैसला बापत अहिले पैसाको लागि विभिन्न निकायसँग गुहार्दै आईरहेका छन ।
सुरिन्द्र महतोको परिवारमा बुवा र आमा उहाँको १६ वर्षको छोरा राहुल महतो छन । १४बर्ष कि आकृति महतो र १२ बर्षको रोहन महतो र उनको केहि जग्गा बाहेक कुनै सम्पत्ति नरहेको छ ।














