जनकपुरधाम, ५ जेठ । जनकपुरधामा कारले मोटरसाइकलमा ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ ।
शनिवार बिहान ३ बजे जनकपुरधामको थापाचोकमा बा २१ च ३३४३ नम्बरको कारले रोहिता सवार प्रदेश २ ज ५६९४ नम्बरको मोटरसाइकलमा ठक्कर दिएको धनुषा प्रहरीले जनाएको छ ।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । धनुषाको शहिदनगर नगरपालिका ८ का बासिन्दा ३२ वर्षीया रोहिता राजधानी जनकपुर अनलाइनमा कार्यरत्त थिए ।
मोटरसाइकलमा पछाडि सवार मृतक रोहिताका साथी २५ वर्षीय जयनाथ यादव घाइते भएका छन् । कार र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।












