काठमाडौं, ३ जेष्ठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज पनि राष्ट्रियसभाको बैठक अवरोध गरेको छ ।
कांग्रेसको अवरोधपछि भोलि दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित भएको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै सदन अवरोध गर्दै आएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमतिको लागि निरन्तर प्रयास गरे पनि कुरा मिल्न सकेको छैन ।














