KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

ताइवानमा शक्तिशाली भूकम्प

ताइवानमा शक्तिशाली भूकम्प

काठमाडौं, २१ चैत । ताइवानमा भूकम्पबाट केही भवनहरु भत्किएका छन् ।

प्रारम्भिक रिपोर्टअनुसार एक जनाको मृत्यु भएको छ भने ५० हजार जना घाइते भएका छन् । बुधबार बिहान ताइवानको हुआलियन शहरबाट करिब १८ किलोमिटर दक्षिणतर्फ केन्द्रविन्दु भएर ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि भूकम्पका ठूला झड्का महसुस भएका थिए ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार ७.४ म्याग्निच्युडको भूकम्पपछि ६.५ म्याग्निच्युडको अर्को ठूलो धक्का महसुस भएको थियो । स्थानीयलाई करिब एक हप्तासम्म यस्तै खालका परकम्पहरु आउन सक्ने भन्दै सतर्क रहन भनिएको छ ।

सुरुको धक्काबाट कमजोर भएका संरचनाहरु अर्को शक्तिशाली धक्काका कारण भत्किएको अनुमान छ । भूकम्पलगत्तै विद्युत आपूर्ति बन्द भएको थियो ।

ताइवानमा आएको भूकम्प पछि छिमेकी देश जापानमा सुनामीको चेतावनी दिइएको छ । जापानको मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावा द्वीपमा सुनामी आउने चेतावनी दिएको हो ।समुद्रको छाल तीन मिटर माथिसम्म उठ्नसक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ । स्थानीय मिडियाहरुले भत्किएका आवासीय भवन र विद्यालयहरुबाट मानिसहरुलाई उद्धार गरिरहेको भिडियो प्रसारण गरिरहेका छन् ।

स्थानीय प्रसारक टिभिबिएसले गाडीहरुमा पनि क्षति पुगेको र पसलभित्रका सामानहरु छरपस्ट भएको फोटो भिडियो प्रसारण गरिरहेको छ ।

ताइवान केन्द्रविन्दु भएको भूकम्पबाट जापानको ओकिनावा प्रान्तमा पनि क्षति पुगेको छ । त्यहाँका सडकहरु भासिएका छन् । ओकिनावामा आउ–जाउ गर्ने हवाई उडानहरु स्थगित भएका छन् ।

Facebook Comment

Related Posts

सरकारी विज्ञापन नीतिविरुद्ध मधेश सरकारलाई महासंघको ज्ञापन

सरकारी विज्ञापन नीतिविरुद्ध मधेश सरकारलाई महासंघको ज्ञापन

मन्त्रिपरिषद् सिफारिसमा संसद् अधिवेशन घोषणा

मन्त्रिपरिषद् सिफारिसमा संसद् अधिवेशन घोषणा

अभद्र व्यवहार र कुटपिटमा संलग्न चार जनामाथि अनुसन्धान सुरु

२० किलोभन्दा बढी गाँजासहित महिला पक्राउ

विवादपछि गुरुङको बहिर्गमन, प्रचण्डले गरे समर्थन

विवादपछि गुरुङको बहिर्गमन, प्रचण्डले गरे समर्थन

करेन्ट लाग्दा बाँस काट्ने व्यक्तिको मृत्यु

करेन्ट लाग्दा बाँस काट्ने व्यक्तिको मृत्यु

रोमाञ्चक जितसँगै नेपाल प्रतियोगितामा मजबुत

रोमाञ्चक जितसँगै नेपाल प्रतियोगितामा मजबुत

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar