जनकपुरधाम, २४ फागुन । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव फेरि स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएका छन् ।
यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री बन्ने जसपा सांसद प्रदीप यादवले बताएका छन । उनकै नेतृत्वमा जसपा सरकारमा सहभागी हुन लागेको सांसद यादवले बताए ।
यसअघि उपेन्द्र यादव २०७४ मा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलिको सरकारमा स्वास्थ्य मन्त्री थिए । जसपाले लिने अर्को एक मन्त्रालय र मन्त्रीबारे भने टुंगो लागिसकेको छैन ।
जसपाबाट अर्को मन्त्रीको रुपमा प्रदीप यादव र नवलकिशोर यादव मध्ये एकजना जाने सम्भावना छ ।














