जनकपुरधाम, २२ फागुन । धनुषाको सबैला गगरपालिका ९ सतोषरमा रहेको श्री रामजानकी नमुना माध्यमिक विद्यालयलाई असमान नेपालले बालमैत्री,अपांगमैत्री,लैगिकमैत्री आधुनिक शौचालय हस्तान्तरण गरेको छ ।
प्लान ईन्टरनेश्नलको आर्थिक सहयोगमा बनेको आधुनिक शौचालय विद्यालयको जिम्मा दिने गरी सो शौचालय एक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ ।
प्लान ईन्टरनेश्नलका क्षेत्रिय प्रबन्धक नबल किशोर यादबले विद्यालय अध्यक्ष राम पुकार यादबलाई सो शौचालय हस्तान्तरण गरेको छ ।
करिव पन्ध लाखको लागतमा सुविधा सम्पन्न शौचालय निर्माण गरिएको प्लान ईन्टरनेश्नलका प्रदेश संयोजक रबि शंकर पण्डितले बताए ।
शिलान्यास भएको एक वर्ष पछि निर्माण पुरा गरेर शौचालय हस्तान्तरण गरिएको छ । शौचालय संचालन पछि जैविक मार्गमा सवारी रोकेर शौच गर्ने अवस्थाको अन्त्य हुने विश्वास लिईएको छ ।














