जनकपुर, १२ मंसिर । जनकपुर बार एसोसिएसनको निर्वाचन २०८३ मा सचिव पदका लागि अधिवक्ता सञ्जीव झाले उम्मेदवारी दिएका छन्।
स्वतन्त्र कानुन व्यवसायी समूहबाट उम्मेदवारी दिएका झाले निर्वाचनमा सम्पूर्ण वरिष्ठ अधिवक्ता, अधिवक्ता तथा अभिवक्ताहरूलाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छन्।
उनले स्वविवेकपूर्ण मताधिकारको प्रयोग गरी आफूलाई विजयी गराइदिन आग्रह गर्दै बारको गरिमा, न्याय र पेसागत एकता अभिवृद्धिका लागि प्रतिबद्ध रहेको बताएका छन्।
निर्वाचन प्रचार सामग्रीमा उनले न्याय, पेसागत एकता र बारको गरिमा बढाउने प्रतिबद्धतालाई मुख्य प्राथमिकताका रूपमा प्रस्तुत गरेका छन्।














