काठमाडौँ, २९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले संसदमा कानुन निर्माणका विषयमा पर्याप्त छलफल हुन नसकेको बताएकी छन्।
बिहीबार काठमाडौँमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पुराना कानुनका कारण नीतिगत समस्या देखिने गरेको र आवश्यक सुधारका लागि संसदमा गहन बहस हुनुपर्ने बताइन्।
ओलीले विधेयकमाथि छोटो समयमै छलफल टुंग्याउने र संशोधन प्रस्तावहरू अस्वीकृत हुने अभ्यासले कानुन निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन नसकेको धारणा राखिन्।
उनले कानुनलाई समयसापेक्ष र प्रभावकारी बनाउन सत्तापक्ष तथा प्रतिपक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै संसदमा छलफलका लागि पर्याप्त समय छुट्याउनु पर्नेमा जोड दिइन्।














