विराटनगर, २७ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीय सरकारले आवश्यक अधिकार हस्तान्तरण नगर्दा प्रदेश सरकार सञ्चालनमा कठिनाइ भइरहेको बताएका छन्।
अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा बोल्दै उनले प्रशासनिक, वित्तीय र प्रहरीसम्बन्धी अधिकार प्रदेशलाई नदिइएको गुनासो गरे।
निजामती सेवा ऐन र शिक्षा ऐन नआउँदा प्रशासनिक सुधार तथा शिक्षा क्षेत्रको काम प्रभावकारी बनाउन नसकिएको उनको भनाइ थियो।
आचार्यले प्रदेशको विकास र जनताको अपेक्षाअनुसार सेवा प्रवाह गर्न आवश्यक कानुन निर्माण तथा अधिकार हस्तान्तरणमा सङ्घीय सरकारले ध्यान दिनुपर्ने बताए।














