काठमाडौं, १८ असोज । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि दीर्घकालीन राष्ट्रिय योजना बनाएर राजनीतिक दलहरूले त्यसको कार्यान्वयनमा प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै भट्टराईले मलेसिया, दक्षिण कोरिया, सिंगापुर र चीनजस्ता मुलुकले छोटो समयमै उल्लेख्य विकास गरेको उदाहरण दिँदै नेपालले पनि आगामी २० वर्षको स्पष्ट विकास योजना बनाउनुपर्ने बताए।
उनले राजनीतिक स्थायित्वका लागि नयाँ पुस्तामाथि विश्वास गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।














