काठमाडौं, १८ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका चार केन्द्रीय नेताले पार्टीबाट सामूहिक राजीनामा दिएका छन्।
उनीहरूले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन्।
राजीनामा दिनेमा पूर्वसांसद एवं सहिद परिवारकी सदस्य इन्दुकुमारी शर्मा, केन्द्रीय सल्लाहकार सदस्य युसुफ साफी, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता घनश्याम शर्मा र युवा नेता पुष्पराज चमन छन्।
राजीनामा दिएका नेताहरूले आगामी दिनमा ‘हुँकार मधेस’ अभियानमा सक्रिय हुने बताएका छन्।














