काठमाडौं, ४ असोज । जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत पुनः निर्विरोध हुने भएका छन्। पार्टीको दोस्रो महाधिवेशनका लागि अध्यक्ष पदमा राउतको मात्रै उम्मेदवारी परेपछि उनको निर्विरोध चयन निश्चित भएको हो।
महाधिवेशनका लागि विभिन्न पदमा १०३ जनाको उम्मेदवारी परेको छ। अध्यक्षबाहेक उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव तथा कार्यकारिणी सदस्य पदमा भने प्रतिस्पर्धा हुने भएको छ।
सात उपाध्यक्षका लागि १४, महासचिवका लागि ३, उपमहासचिवका लागि २ र सात सचिव पदका लागि १० जनाको उम्मेदवारी परेको छ। कार्यकारिणी सदस्यका लागि ७३ जनाले उम्मेदवारी दिएका छन्।
पार्टीले चुनावअघि सहमतिको प्रयास गरिरहेको जनाएको छ। सहमति नजुटे प्रतिस्पर्धा हुने बताइएको छ। जनमत पार्टीको दोस्रो महाधिवेशन असोज ९ र १० गते वीरगञ्जमा हुँदैछ।














