काठमाडौं, ३ असोज । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जेनजी आन्दोलनलाई अन्तर्राष्ट्रिय षड्यन्त्रसँग जोडेर टिप्पणी गरेका छन्।
संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आन्दोलनलाई लिएर यस्तो दाबी गरेका हुन्। महतोले राजनीतिमा उमेरभन्दा इच्छाशक्ति र काम गर्ने क्षमता महत्वपूर्ण हुने बताए।
उनले पुस्तान्तरणका नाममा नयाँ पार्टी वा समूह खोल्ने प्रवृत्तिमाथि प्रश्न उठाउँदै मधेसमा राजनीतिक एकता आवश्यक रहेको धारणा राखे।
उनले पुराना दलहरू नसुध्रिएको र राजनीतिक दलहरू आफ्नै स्वार्थमा केन्द्रित भएको आरोप लगाए। साथै, दलको मात्र नभई आन्दोलनको पुस्तान्तरण आवश्यक रहेकोमा जोड दिए।
महतोले आफू ६५ वर्ष पुगे पनि अझै युवापुस्ताजस्तै काम गर्ने इच्छाशक्ति रहेको बताउँदै देशका लागि योगदान गर्न चाहेको उल्लेख गरे।














