जनकपुर, ३ असोन । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकमा निराशा कायम राखेर कुनै पनि राज्य वा शासन व्यवस्था सफल हुन नसक्ने बताएका छन्।
संविधान दिवसका अवसरमा शीतलनिवासमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तनलाई नागरिकको दैनिक जीवनसँग जोड्न सुशासन र प्रभावकारी सेवा प्रवाह आवश्यक रहेको बताए।
राष्ट्रपति पौडेलले संविधानलाई भाषणमा सीमित नराखी नागरिकको जीवनमा अनुभूति हुने गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। न्याय, सम्मान र सुरक्षित भविष्यका लागि नागरिकले राज्यसँग याचना गर्नुपर्ने अवस्था अन्त्य भए मात्रै संविधानको वास्तविक अर्थ स्थापित हुने उनको भनाइ थियो।














