काठमाडौं, २ असोज । २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर तथा प्रजातन्त्र सेनानी गणेशमान सिंहको २९औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
स्मृति दिवसका अवसरमा गणेशमान सिंह फाउन्डेसनले काठमाडौँको शोभाभगवतीस्थित सिंहको सालिकमा माल्यार्पण गरेको छ।
विसं १९७२ कात्तिक २४ गते क्षेत्रपाटीमा जन्मिएका सिंहको २०५४ असोज २ गते निधन भएको थियो।














