जनकपुर, २२ भदौ । जनकपुरकी १६ वर्षीया चाहत दासले दलित महिला संघ (FEDO) धनुषाको आयोजनामा भएको ‘दलित बालिका भेला’ कार्यक्रममा प्रभावशाली स्वागत मन्तव्य प्रस्तुत गरेकी छन्।
कार्यक्रममा उनले अध्यक्ष, प्रमुख तथा विशिष्ट अतिथिसहित FEDO का प्रतिनिधि र सहभागी सम्पूर्णलाई स्वागत गर्दै दलित बालिकाको शिक्षा, अधिकार, आत्मविश्वास र नेतृत्व विकासका लागि भेलाको महत्व रहेको बताइन्।
चाहतले बालिकाहरूले आफ्ना समस्या, अनुभव र प्रतिभा खुलेर प्रस्तुत गर्दै समान अवसर र सम्मानका लागि अघि बढ्नुपर्नेमा जोड दिइन्।
उनले कार्यक्रमको गरिमा बढाइदिन उपस्थित अतिथि तथा सहभागीप्रति आभार व्यक्त गर्दै पुनः हार्दिक स्वागत गरिन्।
सानै उमेरमा चाहतले प्रस्तुत गरेको स्पष्ट, आत्मविश्वासपूर्ण र प्रभावकारी मन्तव्यले कार्यक्रममा उपस्थित सहभागीको ध्यान आकर्षित गरेको थियो।














