काठमाडौं, १८ भदौ। प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ र पूर्वऊर्जामन्त्री कुलमान घिसिङबीच बिहीबार सिंहदरबारमा भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा रसुवाको भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनामा पुगेको क्षति र उद्धारबारे छलफल भएको जनाइएको छ।
बाढीपछि घिसिङ प्रभावित क्षेत्रमा पुगेर आयोजनाको अवस्था तथा उद्धारबारे जानकारी लिएका थिए। बाढीबाट निर्माण सम्पन्न र निर्माणाधीन करिब एक दर्जन जलविद्युत् आयोजनामा क्षति पुगेको छ।
बाढी आएको नौ दिन बितिसक्दा पनि केही आयोजनाका सुरुङमा फसेकाहरूको उद्धार हुन सकेको छैन।














