काठमाडौं, १३ भदौ । चितवनको अस्थायी शवगृहमा बेपत्ता आफन्तको खोजी गर्दै पुगेका मानिसहरूको भीड बढेको छ।
आफ्ना मान्छेको शव भेटिने आशामा पुगेकामध्ये धेरै निराश भएर फर्किनुपरेको छ भने फेला परेका कतिपय शवका आफन्त अझै सम्पर्कमा आएका छैनन्।
शनिबार शव व्यवस्थापनका लागि देवघाटस्थित वन क्षेत्रमा लैजाने तयारी भइरहेका बेला आफन्तहरू शवगृहबाहिर नाम र हुलिया टिपाउँदै खोजीमा जुटेका थिए।
केही भावविह्वल हुँदै आफन्तको अवस्था पत्ता लाग्ने प्रतीक्षामा थिए।












