काठमाडौं, १३ भदौ । रसुवा बाढी तथा विपद्मा मृत्यु हुनेको संख्या ६६९ पुगेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार मृतकमध्ये १४८ महिला, २६८ पुरुष, २२ बालिका र २० बालक छन्। त्यस्तै २११ वटा आंशिक मानव अंग फेला परेका छन्।
पहिचान भएका २० शव कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ। बेपत्ताको संख्या २ हजार ३६२ पुगेको छ। तीमध्ये १ हजार ८६३ नेपाली र ५२३ विदेशी नागरिक रहेका छन्।














