काठमाडौं, १२ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसुवाको विनाशकारी बाढीबाट प्रभावित नेपाललाई आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
उनले अमेरिकी प्रशासन नेपाल सरकारसँग सम्पर्कमा रहेको बताउँदै बाढीबाट भएको क्षतिलाई असाधारण भनेका छन्। अमेरिकी विदेश मन्त्रालयले राहत तथा उद्धारका लागि विपद् प्रतिक्रिया विज्ञ नेपाल पठाएको जनाएको छ।
साथै क्याथोलिक रिलिफ सर्भिसेसमार्फत ५ लाख अमेरिकी डलर आपत्कालीन सहायता उपलब्ध गराउने घोषणा गरेको छ। उक्त रकम आश्रय, राहत सामग्री तथा खानेपानी र सरसफाइमा खर्च गरिनेछ।
अमेरिकी दूतावासले बाढी प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको खोजी तथा उद्धारका लागि स्थानीय अधिकारीसँग समन्वय गरिरहेको जनाएको छ।












