काठमाडौं, ११ भदौ । रसुवामा आएको विनाशकारी बाढीका कारण बिहीबार दिउँसोसम्म मृत्यु हुनेको संख्या ३३२ पुगेको प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार रसुवामा १७, नुवाकोटमा २८, धादिङमा २९, चितवनमा १२१, गोरखामा २९, तनहुँमा १९, नवलपरासी पूर्वमा ७४ र पश्चिम नवलपरासीमा १५ जनाको शव फेला परेको हो।
प्रहरीले बाढी प्रभावित तथा जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्नुका साथै विभिन्न निकाय र स्थानीयवासीसँग समन्वय गरी उद्धार, खोजी तथा अवरुद्ध सडक खुलाउने काम जारी राखेको जनाएको छ।














