काठमाडौं, ११ भदौ । सरकारले बाढी, पहिरो, आगलागीजस्ता विपद्मा उद्धार तथा राहतमा खटिने सुरक्षाकर्मीको भत्ता र दैनिक खाजा खर्च बढाउने निर्णय गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बिहीबार बसेको कार्यकारी समिति बैठकले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीको सेवा सुविधा बढाउने निर्णय गरेको हो।
बैठकको निर्णयपछि सम्बन्धित सुरक्षा निकायले तालुकदार मन्त्रालयमा प्रस्ताव पठाउने र मन्त्रालयबाट आवश्यक निर्णय गरिने जनाइएको छ।














