काठमाडौं, ११ भदौ । भोटेकोशी बाढीबाट ठूलो क्षति भएपछि प्रमुख राजनीतिक दलहरूले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको बाढीपछि भएका गैरकानुनी, अमानवीय तथा सामाजिक मर्यादाविपरीतका गतिविधिलाई प्रहरीले निगरानीमा राखेको जनाएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले बाढीमा बगेको शवबाट सुन निकाल्ने तथा ग्यास सिलिन्डर खोसाखोस गर्ने जस्ता घटनामा संलग्न व्यक्तिमाथि कानुनअनुसार कारबाही गरिने बताएका छन्।
उनका अनुसार अहिले प्रहरी उद्धार, घाइतेको उपचार र शव पहिचानमा केन्द्रित छ। प्राथमिक काम सकिएपछि अमानवीय गतिविधिमा संलग्नमाथि कारबाही अघि बढाइनेछ।
त्यस्तै, विपद्का बेला गलत सूचना फैलाउने, त्रास सिर्जना गर्ने तथा भ्यूजका लागि विभत्स दृश्य प्रसारण गर्ने गतिविधिसमेत प्रहरीको निगरानीमा रहेको काफ्लेले बताए।














