काठमाडौं, ११ भदौ । प्रधानमन्त्री बालेन शाह बाढीबाट प्रभावित नुवाकोटको विदुर पुगेका छन्। बिहीबार बिहान स्थलमार्गबाट विदुर पुगेका प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै घाइतेहरूसँग भेटघाट गरेका छन्।
निरीक्षण टोलीमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि सहभागी छन्। प्रधानमन्त्रीसहितको टोलीले बाढीबाट भएको क्षति र प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिएको छ।
बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले नदी आसपासका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। नुवाकोटको विदुर पनि बाढीबाट प्रभावित क्षेत्रमध्ये एक हो।














