काठमाडौं, ११ भदौ । बाढीमा परी बेपत्ता भएकामध्ये ८ जिल्लामा १६२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
बिहीबार बिहान ५ बजेसम्मको प्रहरी विवरणअनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ जनाको शव भेटिएको हो।












