काठमाडौं, १० भदौ । सांसद अमरेशकुमार सिंहले रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र सहयोगमा सबैलाई एकजुट हुन आग्रह गरेका छन्।
संसदमा बोल्दै सिंहले तराई, हिमाल वा पहाड जुनसुकै क्षेत्रमा विपद् आए पनि सबै नेपाली एकताबद्ध भएर प्रभावितको सहयोगमा जुट्नुपर्ने बताए। उनले देश तथा विदेशमा रहेका नेपाली र व्यवसायीलाई समेत विपद्का बेला सक्दो सहयोग गर्न आह्वान गरे।














