काठमाडौं, १० भदौ । नेकपा एमाले गण्डकी प्रदेश सरकारबाट बाहिरिएको छ। एमालेबाट सरकारमा सहभागी चार मन्त्रीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष राजीनामा बुझाएका छन्।
राजीनामा दिनेमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपाली, कृषि मन्त्री भीमबहादुर कार्की, उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल र स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डे छन्।













