काठमाडौं, १० भदौ । भोटेकोशी नदीमा आएको बाढीले रसुवामा ठूलो क्षति पुर्याएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले बताएका छन्।
बाढी प्रभावित क्षेत्रमा खटिएका २१ प्रहरीमध्ये १६ जना हालसम्म सम्पर्कविहीन छन्। टिमुरेमा रहेका पाँच प्रहरी भने सम्पर्कमा आएका छन्।
स्याफ्रुबेँसीका ९ प्रहरीसहित रसुवागढी र मैलुङमा कार्यरत प्रहरीसमेत सम्पर्कमा नआएको प्रवक्ता काफ्लेले बताए। बाढीले प्रहरी कार्यालयसँगै कर्मचारीलाई समेत असर गरेको हो वा होइन भन्ने यकिन विवरण अझै प्राप्त नभएको प्रहरीले जनाएको छ।














