काठमाडौं, १० भदौ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज प्रतिनिधिसभा बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन्।
दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शाह पहिलोपटक नियमअनुसार प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन लागेका हुन्।
बैठकमा मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन र नेपाल–भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत गर्ने कार्यसूची छ।
विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आज बस्दैछ।














