विराटनगर, ८ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा तेस्रोपटक विश्वासको मत लिँदैछन्। त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिव सुदर्शन खड्काले जानकारी दिएका छन्।
एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच तीनबुँदे सहमतिपछि नयाँ मन्त्रीहरूले शपथ लिएका छन्। यसअघि नेपाली कांग्रेसले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको थियो।
कार्कीले पहिलोपटक २०८१ वैशाख ३१ गते विश्वासको मत लिँदा ५७ मत पाएका थिए भने दोस्रोपटक असोज २ गते ६६ मत प्राप्त गरेका थिए।
९२ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, नेपाली कम्युनिस्ट पार्टीका १७, राप्रपाका ५ र जसपाका १ सांसद छन्।














